बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

‘ला ज्यालो वाङ थोप’ गुम्बा ६ वर्षदेखि अलपत्र

images
बिहीबार , असोज १० २०८१
images
images
‘ला ज्यालो वाङ थोप’ गुम्बा ६ वर्षदेखि अलपत्र

करिब २१ करोड रूपैयाँ लगानीमा सम्पन्न हुने निर्माणाधीन गुम्बाका लागि अहिलेसम्म जगमात्र ठड्याइएको छ।

images
images

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ। 

images
images

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ-१९ गते शिलान्यास गरेको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो।

images
images

प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बा निर्माणका लागि स्थानीय महेश तामाङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो। करिब २१ करोड रूपैयाँ लगानीमा सम्पन्न हुने निर्माणाधीन गुम्बाका लागि अहिलेसम्म जगमात्र ठड्याइएको छ। 

images
images
images

नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ। आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले उपलब्ध गराएको १५ लाख बजेटमा फाउण्डेसनको काम भएको र आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको ९९ लाख रूपैयाँ बजेटबाट भुइँतलामा पिलरको डण्डी ठड्याइएको थियो।

प्रदेश सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत एक करोड रूपैयाँभन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले ९९ लाख रूपैयाँको सम्झौता गरिएको स्थानीयको गुनासो छ।

प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि उपभोक्ता समितिले फरफारक गरेपनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीयले प्रदेशमा गुनासो गरेका थिए।

नुनथलामा निर्माणाधीन गुम्बा योजनाको काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताए।

'प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम सुरु भएको गरिएको थियो। निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द गर्‍यो', उनले भने, 'जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ।'

उपभोक्ता समितिका अध्यक्ष तामाङले भने प्रदेश सरकारबाट खटिएका इञ्जिनीयरले गरेको स्टिमेटअनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गरेका छन्। रासस


प्रकाशित : बिहीबार , असोज १० २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend