शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति, तत्कालीन अर्थमन्त्रीकै आडमा बहिष्कार गरेकालाई फेरि अन्तर्वार्तामा बोलाइयो

images
बिहीबार , असोज १० २०८१
images
अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति, तत्कालीन अर्थमन्त्रीकै आडमा बहिष्कार गरेकालाई फेरि अन्तर्वार्तामा बोलाइयो

अन्तरिम आदेश दिएको अदालतले अर्को पेसी माघमा तोकेपछि सरकारले फेरि पूरानै बिन्दुबाट नियुक्ति प्रक्रिया अघि बढाउन बहिष्कार गर्नेलाई फेरि अन्तर्वार्तामाब बोलाएको छ।

images
images

काठमाडौं- पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अघि बढेको छ। यसअघि अन्तर्वार्ता बहिष्कार गरेका तीनजनालाई फेरि सरकारले अन्तवार्तामा बोलाएको छ। 

images
images
images

यसअघि संक्षिप्त सूचीमा परेका पाँच जनामा दुईजनाले मात्र अन्तर्वार्ता दिएपछि तत्कालीन समितिले छनौट प्रक्रिया रद्द गरेको थियो। तर अन्तर्वार्तामा सहभागी भएकाले रिट हालेपछि रद्द गर्ने निर्णय नै रद्द गर्न अन्तरिम आदेश दिएको थियो। 

images
images

अन्तरिम आदेश दिएको अदालतले अर्को पेशी माघमा तोकेपछि सरकारले फेरि पूरानै बिन्दुबाट नियुक्ति प्रक्रिया अघि बढाउन बहिष्कार गर्नेलाई फेरि अन्तर्वार्तामाब बोलाएको छ। 

images
images

धितोपत्र बोर्डमा राम्रो होइन हाम्रो ल्याउन लुछाचुँडी, बार्गेनिङको 'नाङ्‍गो नाच' धितोपत्र बोर्डमा राम्रो होइन हाम्रो ल्याउन लुछाचुँडी, बार्गेनिङको 'नाङ्‍गो नाच'

पाँच जनामा मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठमात्र अन्तर्वार्तामा सहभागी भएका थिए। बाँकी तीनजनामध्ये दुई जना सरकारी कर्मचारी नै रहेपनि उनीहरूले अन्तर्वार्ता बहिष्कार गरेका थिए। दुईपटक बोलाउँदा पनि बहिष्कार गर्नेमा नेपाल स्टक एक्सचेञ्चका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र धितोपत्र बोर्डका निर्देशक डा नवराज अधिकारी हुन्। त्यस्तै चिरञ्जवी चापागाईँले पनि बहिष्कार गरेका थिए। 

धितोपत्र बोर्ड अध्यक्षमा ओलीले अडान नछाडेपछि माओवादी समर्थक तीनजनाले अन्तर्वार्ता बहिष्कार गरे धितोपत्र बोर्ड अध्यक्षमा ओलीले अडान नछाडेपछि माओवादी समर्थक तीनजनाले अन्तर्वार्ता बहिष्कार गरे

तत्काली सत्ता गठबन्धनमा माओवादी नेतृत्वमा सरकार थियो भने अर्थमन्त्री मा‌ओवादी नेता वर्षमान पुन थिए। तर अध्यक्ष नियुक्तिमा अहिलेका प्रधानमन्त्री तथा तत्कालीन सत्ता गठबन्धनको साझेदार दलका नेता केपी शर्मा ओलीले आफ्नो अडान लिएका थिए। 

आफ्नै रुचीअनुसार अध्यक्ष नियुक्ति गर्न नपाइने भएपछि पुनले आफू निकट तीन जनालाई अन्तर्वार्ता नै बहिष्कार गर्न उक्साएर प्रक्रिया रद्द गर्ने बाटो लिएका थिए। 

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया तुहाउन कार्की र चापागाइँको संगठित सेटिङ धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया तुहाउन कार्की र चापागाइँको संगठित सेटिङ


प्रकाशित : बिहीबार , असोज १० २०८११०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend