बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १० २०८१
images
images
बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने

धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए।

images
images

दाङ- दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ।

images
images

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।  

images
images

धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए। 'कार्यक्रम कार्यान्वयका लागि बुधबार नै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वानसमेत गरिसकेका छौँ। यसरी पन्ध्र दिनभित्र आवेदन दिइ मापदण्डबमोजिम छनोट भएकालाई पुरस्कृत गर्छौं', अध्यक्ष विष्टले भने।

images
images
images

कृषि शाखा प्रमुख बरसाती गडरियाकानुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने छ।

आवेदनका लागि तोकिए बमोजिमको निवेदन, आवश्यक विवरण, आधिकारीक व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र जग्गाको लालपूर्जा वा भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपी र विवाह दर्ताको हकमा वडाको सिफारिस आवश्यक पर्ने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , असोज १० २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend