मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गगटे तालमा मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ९ २०८१
गगटे तालमा मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका छन्। गर्मीका बेला दैनिक २५/३० जनाभन्दा बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ।

दाङ- घोराही उपमहानगरपालिका-१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ। 

बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो। ४० वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन्। उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ। 

मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएकोे उनले बताए। 'मेरो सानो रिसोर्ट पनि भएकाले बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रवर्द्धन भएको छ', उनले भने।

सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका, गर्मीका बेला दैनिक २५/३० जनाभन्दा बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक १ लाख ५० रुपैयाँ आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए। 

उनले भने, 'मेरो व्यवसायमा स्थानीय दुई जनालाई रोजगारी दिएको छु भने घरका पाँच जनाले पनि काम गर्दै आएका छौँ।'

बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरेको जानकारी दिँदै उनले यसमा हालसम्म १ करोड १० लाख रुपैयाँ लगानी गरेको र भविष्यमा व्यवसाय विस्तार गर्ने योजना सुनाए। रासस 


प्रकाशित : बुधबार, असोज ९ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend