सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

परीक्षणको २३ प्रतिशतमा कोरोना, बुधबार एकै दिन मंगलबारको तुलनामा ७ प्रतिशतले बढ्यो

२४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु, २ लाख १४ हजारले लगाए खोप

बुधबार, पुस २८ २०७८
परीक्षणको २३ प्रतिशतमा कोरोना, बुधबार एकै दिन मंगलबारको तुलनामा ७ प्रतिशतले बढ्यो

बुधबार सार्वजनिक तथ्यांकमा १३ हजार ३६ जनाको कोरोना परीक्षण हुँदा ३ हजार ७५ जनामा कोरोना देखिएको हो।

काठमाडौं- कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ। बुधबार मात्रै कुल परीक्षणको २३ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। मंगलबार भने कुल परीक्षणको १६ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो।

बुधबार सार्वजनिक तथ्यांकमा १३ हजार ३६ जनाको कोरोना परीक्षण हुँदा ३ हजार ७५ जनामा कोरोना देखिएको हो। मंगलबार भने १५ हजार ३३ जना कोरोना परीक्षण हँदा २ हजार २ सय ४४ जनामा कोराना देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ५१ जनाको पीसीआर र ३ हजार ९ सय ८५ जनाको एन्टीजेन परीक्षण भएको छ। साथै बुधबार २ लाख १४ हजार ५७ जनाले खोप लगाएका छन्। २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ।

मंगलबार भने १ लाख ८० हजार ४ सय ५७ जनाले खोप लगाएका थिए।


प्रकाशित : बुधबार, पुस २८ २०७८१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend