शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

भारतको वाराणसीका लागि बुद्ध एयरले थप्यो उडान

images
बुधबार, असोज २ २०८१
images
भारतको वाराणसीका लागि बुद्ध एयरले थप्यो उडान

यसअघि साताको सोमबार र शुक्रबारमात्रै वाराणसी उडान गरिरहेको बुद्ध एयरले अब बुधबार पनि उडान गर्ने भएको हो।

images
images

काठमाडौं- बुद्ध एयरले आज बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ।

images
images
images

यसअघि साताको सोमबार र शुक्रबारमात्रै वाराणसी उडान गरिरहेको बुद्ध एयरले अब बुधबार पनि उडान गर्ने भएको हो।

images
images

साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ।

images
images

बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि उपलब्ध गराइरहेको छ। यात्रुलाई भारतको गया गएर सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ।

बुद्धका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ। काठमाडौंबाट वाराणसीको सुरुवाती एकतर्फी भाडा ११ हजार ३ सय ६० रूपैयाँ रहेको छ। उडान समय काठमाडौंबाट ७:१५ तथा वाराणसीबाट ८:३० रहेको छ।


प्रकाशित : बुधबार, असोज २ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend