मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भारतको वाराणसीका लागि बुद्ध एयरले थप्यो उडान

बुधबार, असोज २ २०८१
भारतको वाराणसीका लागि बुद्ध एयरले थप्यो उडान

यसअघि साताको सोमबार र शुक्रबारमात्रै वाराणसी उडान गरिरहेको बुद्ध एयरले अब बुधबार पनि उडान गर्ने भएको हो।

काठमाडौं- बुद्ध एयरले आज बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ।

यसअघि साताको सोमबार र शुक्रबारमात्रै वाराणसी उडान गरिरहेको बुद्ध एयरले अब बुधबार पनि उडान गर्ने भएको हो।

साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि उपलब्ध गराइरहेको छ। यात्रुलाई भारतको गया गएर सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ।

बुद्धका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ। काठमाडौंबाट वाराणसीको सुरुवाती एकतर्फी भाडा ११ हजार ३ सय ६० रूपैयाँ रहेको छ। उडान समय काठमाडौंबाट ७:१५ तथा वाराणसीबाट ८:३० रहेको छ।


प्रकाशित : बुधबार, असोज २ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend