मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

१ सय ५ दिनदेखि एउटा ट्वीनअटर ग्राउन्डेड, अर्को आवर सेभको नीतिमा उडान हुँदै

मंगलबार, असोज १ २०८१
१ सय ५ दिनदेखि एउटा ट्वीनअटर ग्राउन्डेड, अर्को आवर सेभको नीतिमा उडान हुँदै

उडानमा रहेको जहाजको उडान आवर दसैँसम्मलाई तन्काउने नीतिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी लागेका छन्।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा प्रयोग गरिरहेको २ वटा ट्वीनअटर जहाजमध्ये कल साइन नाइन एन एबीटी जेठ २३ गतेदेखि इन्जिन मर्मतको काम नहुँदा ग्राउन्डेड छ।

जहाजको दुईवटै इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने अवस्थामा ग्राउन्डेड छ। जहाजको इन्जिन नै परिवर्तन गर्नुपर्छ। अहिले जहाजमा भएको इन्जिनको उडान आवर सकिएको हो। इन्जिन अभावकै कारण जहाज एकसय ५ दिनदेखि ग्राउन्डेड छ। ग्राउन्डेड जहाज कहिलेबाट उडानमा आउँछ कुनै निश्चचित छैन।

उडानमा रहेको अर्को ट्वीनअटर जहाजको पनि उडान आवर २ सय घण्टाको हाराहारीमा मात्रै रहेको छ। उडानमा रहेको जहाजको उडान आवर दसैँसम्मलाई तन्काउने नीतिमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी लागेका छन्।

दैनिक १० घण्टासम्मको उडान क्षमता भएको ट्वीनअटर जहाज पछिल्लो एक महिनादेखि सरदरमा दैनिक ३ घण्टामात्रै उडान भइरहेको छ। उडान आवर सेभ गरे दसैँसम्म जहाज उडानमै रहेको देखाउने गरी काम गर्न अधिकारीले निर्देशन दिइहेका छन्।

३ वटा इन्जिन सट्टापट्टाका लागि भएको टेन्डर मूल्यांकन नै हुन सकेको छैन। टेन्डर सार्वजनिक खरिद ऐनविपरीत भएका कारण कर्मचारीहरुले नै मूल्यांकनमा चासो दिएका छैनन्।

टेन्डर गर्दा नै न्यूनतम ३० दिनको समय राख्नुपर्नेमा १५ दिनको मात्रै समय दिएर गरिएको थियो। जसका कारण टेन्डरमा २ वटा कम्पनी सहभागी भए पनि जहाज उडानका लागि इन्जिन सट्टापट्टाको काम अगाडि बढाएको छैन।

इन्जिन सट्टापट्टा नहुँदासम्म जहाज उडानमा फर्कनसक्ने छैन।


प्रकाशित : मंगलबार, असोज १ २०८११७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend