मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टरिगाउँ विमानस्थलबाट अब मंगलबार पनि उडान हुने

शनिबार, भदौ २९ २०८१
टरिगाउँ विमानस्थलबाट अब मंगलबार पनि उडान हुने

अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्नेछ।

दाङ- यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने भएको छ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मंगलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए।

उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्नेछ।

दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको प्रमुख सुनारले बताए। रासस


प्रकाशित : शनिबार, भदौ २९ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend