मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

निगमको एउटा न्यारोबडी दुबईमा ग्राउन्डेड, मन्त्री लिन नयाँदिल्ली जान हङकङ उडान सारियो

शनिबार, भदौ २९ २०८१
निगमको एउटा न्यारोबडी दुबईमा ग्राउन्डेड, मन्त्री लिन नयाँदिल्ली जान हङकङ उडान सारियो

यो जहाज शनिबार बिहान काठमाडौं आउने र दिउँसो १ बजे दिल्ली उडानमा गर्ने तालिका थियो।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को एउटा न्यारोबडी जहाज दुबईमा ग्राउन्डेड भएको छ।

शुक्रबार राति दुबई उडान गरेको कलसाइन नाइन एन एकेएक्स जहाजमा समस्या देखिएपछि उतै ग्राउन्डेड भएको निगम स्रोतले बतायो। जहाजको हाइड्रोलिक प्रणालीमा समस्या देखिएको छ।

जहाज मर्मतका लागि सामान नै पाउन नसकिएको निगम स्रोतको दाबी छ।

यो जहाज शनिबार बिहान काठमाडौं आउने र दिउँसो १ बजे दिल्ली उडानमा गर्ने तालिका थियो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कार्यक्रमका लागि भारत गएका मन्त्री आज नै काठमाडौं फर्कने तालिका रहेको छ। एउटा जहाज दुबईमा नै ग्राउन्डेड भएपछि उनलाई लिन जान भन्दै हङकङ उडान दिल्लीबाट आएरमात्रै गर्नेगरी तालिका तय भएको निगम स्रोतको भनाइ छ।

नाइन एन एकेडब्लु जहाजको ११ बजे हङकङ उडान तालिका रहेको थियो। तर एकेएक्स जहाज दुबईमा रोकिएपछि ११ बजेको उडान तालिकालाई पछि सार्दै १ बजे जहाज दिल्ली लैजान खोजिएको छ।

नाइन एकेएक्स जहाजको समस्या समाधान भएर जहाज नेपाल नआएको खण्डमा बेलुकाको दमामको उडान समेत रद्द हुने भएको छ। यता मन्त्रीको लागि ११ बजेको उडान नै बेलुका गर्न लागिएको छ।


प्रकाशित : शनिबार, भदौ २९ २०८११०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend