मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बर्खा लागेसँगै बन्द भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान

बिहीबार , भदौ २७ २०८१
बर्खा लागेसँगै बन्द भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान

बर्खा लागेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि बन्द भएको उडान सुरु भएसँगै यात्रुलाई सहज हुने भएको छ।

मंगलबारे- इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ। केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन: उडान थालिएको हो। गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन।

यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए। उनका अनुसार काठमाडौंबाट इलामका लागि ६ जना यात्रु आएको र काठमाडौंका लागि आठ जना यात्रु लिएर गएको छ। 

इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ। अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ।

बर्खा लागेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि बन्द भएको उडान सुरु भएसँगै यात्रुलाई सहज हुने भएको छ। दसैँतिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौं उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको हो।

यहाँबाट बीचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। गत जेठ १३ गतेदेखि हुन नसकेको उडान सुरु भएको हो। इलामबाट हप्ताको दुई दिन अर्थात आइतबार र बिहीबार उडान हुँदै आएको थियो।

नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ।

विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडौंलगायतको यात्रमा सहज हुने छ। रासस


प्रकाशित : बिहीबार , भदौ २७ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend