सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सेजमा प्लट बाँडफाँटमा नयाँ मापदण्ड आउँदै, कुन शीर्षकको अंकभार कति?

मंगलबार, पुस २७ २०७८
सेजमा प्लट बाँडफाँटमा नयाँ मापदण्ड आउँदै, कुन शीर्षकको अंकभार कति?

काठमाडौं- विशेष आर्थिक क्षेत्र प्राधिकरणले प्लट बाँडफाँटमा नयाँँ मापदण्ड बनाएको छ। प्राधिकरणले उद्योग छनोटका लागि ‘उद्योग छनोट मापदण्ड, २०७८’  जारी गर्न लागेको हो।

जारी गर्न लागको मापदण्ड सेज सञ्चालक समितिको बैठकमा समेत छलफल भइसहेको छ। प्राधिकरणले लगानीको आकारअनुसार नयाँ मापदण्ड जारी गर्न लागेको हो।

प्राधिकरणले पुँजी स्वदेशीको हकमा दुई करोड रुपैयाँ माथि र वैदेशिक लगानीको लागि पाँच करोडमाथिको पुँजीको आधारमा प्लट छनोट मापदण्ड जारी गर्न लागेको हो।

प्राधिकरणले तयार पारको मापदण्डको मस्यौदामा प्राविधिक मूल्यांकनलाई ८० अंकभार बनाएको छ। यसैगरी आर्थिक मूल्यांकनमा १० र उद्योग सञ्चालन गरेको अनुभवमा १० अंकभार राखेर नयाँ मापदण्ड जारी गरेको हो।

जसमा लगानी ३०, रोजगारी ३०, स्वदेशी कच्चा पदार्थ १५, प्रविधि हस्तान्तरण ५, निर्यात योजना ६, वार्षिक व्यापार ४ र अनुभवामा १० अंक भार हुने गरी मापदण्ड जारी गर्न लागेको हो।

sej.jpg

विशेष आर्थिक क्षेत्रमा उद्योगीको आकर्षण बढाउन कानून परिमार्जन हुँदै 


प्रकाशित : मंगलबार, पुस २७ २०७८०९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend