मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

इटालीबाट फर्कियो वाइडबडी विमान

बिहीबार , भदौ २७ २०८१
इटालीबाट फर्कियो वाइडबडी विमान

एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने नेपाल वायुसेवा निगमले उल्लेख गरेको छ।

काठमाडौंं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० विमान मर्मतपछि आज काठमाडौं आइपुगेको छ।

गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी-चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए-३३० (अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको छ। योसँगै लामो दुरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ।

निगमको अर्को वाइडबडी विमान पनि सी-चेकका लागि इटाली गएको छ। निगमले २२ जुन (असार ८)मा इटलीमा मर्मतका लागि पठाएको थियो। निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए।

एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ। रासस


प्रकाशित : बिहीबार , भदौ २७ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend