मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सेप्टेम्बर ७ मा आउने भनेको वाइडबडी पुन: इटालीमै रोकियो, फेरि नयाँ भाका १० तारिकलाई सारियो

समयमा नै वाइडबडी सी-चेक नहुँदा निगमले गुमायो ७५ करोड

आइतबार, भदौ २३ २०८१
सेप्टेम्बर ७ मा आउने भनेको वाइडबडी पुन: इटालीमै रोकियो, फेरि नयाँ भाका १० तारिकलाई सारियो

तोकेको ३० दिनमै जहाज उडानमा आउन नसक्दा निगमलाई दैनिक एउटा वाइडबडीबाट हुने आम्दानीबराबर सरदर १ करोड ५० लाख रूपैयाँ घाटा भइरहेको छ। इटाली लगेको जहाज समयमा नै नआउँदा निगम‍ले ७५ करोड रूपैयाँ आम्दानी गुमाइसकेको छ।

काठमाडौं- नेपाल वायु सेवा निगमको वाइडबडी सी-चीकका लागि इटाली लगेको ७९ दिन भएको छ। ३० दिनमा सी-चेक गरेर जहाज उडानमा आउने सर्तमा इटालियन कम्पनी एटिटेकलाई जिम्मा दिएको थियो। तर निगम व्यवस्थापनले काम नै गर्न नसक्ने कम्पनीलाई सी-चेकको जिम्मा दिँदा वाइडबडी समयमै नेपाल फर्कन सकेको छैन।

निगम व्यवस्थापनले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एमआरओ अनुमति नै नलिइ जहाज इटाली लगिएको थियो। सेटिङमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले कमिसन धेरै आउनेगरी छनोट गरेको कम्पनीले समयमा नै जहाज दिन सकेको छैन।

३० दिनमा सी-चेक सम्पन्न गरेर जहाज दिने सर्तमा इटाली पठाइएको थियो। ३० दिनमा जहाज नआएपछि निगम अध्यक्ष अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समक्ष अगस्ट १५ भित्र जहाज सी-चेक सम्पन्न भइ नेपाल आउने बताएका थिए।

उक्त समयमा पनि जहाज नआएपछि अधिकारीले मन्त्रीसमक्ष तथा प्रतिनिधिसभामा विभिन्न समितिमा अगस्ट २५ मा जहाज आउने बताउँदै आएका थिए। त्यस मितिमा पनि जहाज नआएपछि अधिकारीले सेप्टेम्बर १ भित्रै जहाज आउने भन्दै झुट्टो प्रचार गरिरहेका थिए। अन्तिम पटक निगम व्यवस्थापनले विज्ञप्ति नै जारी गरेर जहाज सेप्टेम्बर ७ मा इटालीबाट हिँडने र ८ तारिकमा नेपाल आउने बताएको थियो।

तर ८ तारिकमा पनि जहाज नेपाल आउन सकेन। निगम प्रवक्ता रमेश पौडेलले जहाज मर्मतको काम सकेर परीक्षण उडान गर्दा समस्या देखिएका कारण जहाज भनेको समयमा आउन नसकेको बताए। पौडेलले अब १० तारिकभित्रै जहाज आउनेसमेत बताएका छन्।

निगमका एक इन्जिनियरका अनुसार जहाजको इन्जिनमा समस्या देखिएको कुरा आएको छ तर समस्या समाधान कहिले हुने यकिन जानकारी भने आइसकेको छैन।

जहाज १० तारिकमा आए पनि यात्रुबिना नै नेपाल आउनुपर्ने छ। प्राधिकरणबाट जारी भएको एयर वर्दिनेस अनुमति सकिएको छ। जसका कारण जहाज बिनायात्रु नै आउने छ। नेपाल आएपछि प्राधिकरणको रहोबरमा परीक्षण उडानपछि मात्रै जहाज उडानमा आउने छ।

तोकेको ३० दिनमै जहाज उडानमा आउन नसक्दा निगमलाई दैनिक एउटा वाइडबडीबाट हुने आम्दानीबराबर सरदर १ करोड ५० लाख रूपैयाँ घाटा भइरहेको छ। इटाली लगेको जहाज समयमा नै नआउँदा निगम‍ले ७५ करोड रूपैयाँ आम्दानी गुमाइसकेको छ।

यसैगरी अगस्ट २८ मा सी-चेकका लागि लगिएको अर्को वाइडबडीको अझै काम सुरु हुन सकेको छैन। उक्त जहाज पनि ३० दिनमा नेपाल नआउने निश्चित भएको छ।


प्रकाशित : आइतबार, भदौ २३ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend