मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ समितिले बुझायो प्रारम्भिक प्रतिवेदन, 'टेक अफ स्पिड'मा समस्या

बिहीबार , भदौ २० २०८१
सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ समितिले बुझायो प्रारम्भिक प्रतिवेदन, 'टेक अफ स्पिड'मा समस्या

समितिले प्रारम्भिक रुपमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामन्य प्राविधिक परीक्षण गरेर सूचनामूलक प्रतिवेदन तयार पारेको छ। अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

काठमाडौं- गएको साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको फ्लाइट दुर्घटनाको विषयमा जाँचबुज गर्न गठन भएको समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। 

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। जहाज दुर्घटनामा मुख्य त टेक अफ स्पिड कमी भएको देखिएको प्रारम्भिक अध्ययन रिपोर्टमा उल्लेख छ। साथै जहाज टेक अफको समयमा लोड ब्यालेन्ससमेत नभएको अध्ययनमा रिपोर्टमा उल्लेख छ। 

समितिले प्रारम्भिक रुपमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर सूचनामूलक प्रतिवेदन तयार पारेको छ। अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

समितिले प्रारम्भिक रुपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको छ। जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको हो। 

त्यस्तै समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेफ्टीका विषयमा सुझाव पनि दिएको छ। समितिले तीन विषयमा सुझाव दिँदै फेरी फ्लाइट अनुमतिका लागि कार्यविधि बनाउन पनि सुझाव दिएको छ। 


प्रकाशित : बिहीबार , भदौ २० २०८११७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend