मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटनमन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच छलफल, भैरहवा र पोखरामा उडान भर्न उत्साहित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २० २०८१
पर्यटनमन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच छलफल, भैरहवा र पोखरामा उडान भर्न उत्साहित

मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सोबारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए।

काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ।

बिहीबार चाईना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएका हुन्।

४० वटा भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको एक नम्बर एयरलाइन्सको रूपमा रहेको चाईना साउदर्न  एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ। 

चीनको गौन्जाउबाट हाल काठमाडौंमा नियमित रूपमा  उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो। 

चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, 'तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहान्छु। यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाईदा पुग्ने छ। तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाईदा पुग्ने छ।'

मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाईना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पारेका छन्।

साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सोबारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए।

त्यसैगरी द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताएका छन्।


प्रकाशित : बिहीबार , भदौ २० २०८११४:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend