मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

निगम कार्यकारी अध्यक्ष अधिकारीमाथि बहुमत सञ्चालकहरुले सोधे स्पष्टीकरण

बुधबार, भदौ १९ २०८१
निगम कार्यकारी अध्यक्ष अधिकारीमाथि बहुमत सञ्चालकहरुले सोधे स्पष्टीकरण

सञ्चालक समिति उपाध्यक्ष, सदस्यहरु किशोर प्रधान, अमृतमान श्रेष्ठ र सुधिर शम्शेर राईले ३ बुँदे स्पष्टीकरण सोधेका हुन्।

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ११ बुँदे स्पष्टीकरण सोधेकै दिनमा बहुमत सञ्चालकहरुले पनि स्पष्टीकरण सोधेका छन्।

सञ्चालक समिति उपाध्यक्ष, सदस्यहरु किशोर प्रधान, अमृतमान श्रेष्ठ र सुधिर शम्शेर राईले ३ बुँदे स्पष्टीकरण सोधेका हुन्।

सञ्चालकहरुले नै स्पष्टीकरण सोधेपछि अधिकारीमाथि अब नैतिक प्रश्न खडा भएको छ। २०७९ असारमा सरकारले अधिकारीलाई बर्खास्त गरेको थियो। तर अधिकारीले सर्वोच्चमा सेटिङ मिलाउँदै २०७९ असोजमा अन्तरिम आदेश ल्याउँदै पद जोगाएका थिए। त्यसपछिको पेसी अधिकारीले सार्दै आएका थिए।

निगमका आर्थिक विकृति बढेको र निगमलाई धराशायी बनाएको भन्दै मन्त्रालयले भदौ १२ गते निर्णय गर्दै अधिकारीलाई ११ बुँदे स्पष्टीकरण सोधेको थियो। सोही दिन नै बहुमत सञ्चालकले पनि ३ बुँदे स्पष्टीकरण सोधेका हुन्।

सञ्चालकहरुले वाइडबडी एएलवाई सी-चेकमा भएको ढिलाइ, ३२० जहाजको इन्जिनम मर्मतमा  र ओभरहलमा भएको ढिलाइ र निगमका विमान मर्मतमा ढिलाइ भएको विषयमा सञ्चालकहरुले स्पष्टीकरण सोधेका हुन्।

निगमका सञ्चालकरुहरुले कार्यकारी अध्यक्षमाथि नै स्पष्टीकरण सोधेको यो दोस्रो घटना हो। यसअघि २०७६ सालमा तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेललाई सञ्चालकहरुले स्पष्टीकरण सोधेका थिए। सञ्चालकहरुको स्पष्टीकरणपछि खरेलले राजीनामा दिएका थिए।

निगममा बेथिति तथा अराजकता मच्चाउने अधिकारीलाई पनि अब निगममा कार्यकारी अध्यक्षको रुपमा काम गर्ने नैतिक आधार सकिएको छ।

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्तको तयारी, मन्त्रालयले सोध्यो स्पष्टीकरण वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्तको तयारी, मन्त्रालयले सोध्यो स्पष्टीकरण


प्रकाशित : बुधबार, भदौ १९ २०८११५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend