सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जेष्ठ नागरिकलाई सूचना प्रविधि सिकाउँदै 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २६ २०७८
जेष्ठ नागरिकलाई सूचना प्रविधि सिकाउँदै 

यस्तो वृद्धिदर आगामी दिनमा अझै बढ्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई सूचना प्रविधि सम्बन्धी शिक्षा दिने भएको छ। 

प्राधिकरणले ६० वर्ष माथिका नेपाली नागरिकलाई सूचना प्रविधिको ज्ञान सीप दिने भएको छ। 

प्राधिकरणले जेष्ठ नागरिकलाई सीप सिकाउन भन्दै परामर्श सेवा माग गरेको छ। खुला प्रतिस्पर्धाको माध्यमबाट लिने भन्दै प्राधिकरणले सूचना निकालेको छ। 

प्राधिकरणले पहिलो चरणमा प्रत्येक प्रदेशबाट एउटा जिल्लामा यस्तो सेवा दिने भएको छ। सूचना प्रविधि तथा दूरसञ्चारका सेवा प्रयोग गर्नका लागि जेष्ठ नागरिकलाई सिकाइने प्राधिकरणले जानकारी दिएको छ। 

नेपालमा ६० वर्ष माथिको जनसंख्या बढ्दै आएको छ। पछिल्ला जनगणनाअनुसार ६० वर्ष माथिको समूह बढ्दै गएको छ। सन् २००१ देखि २०११ को बीचमा यो समूहको जनसंख्या ६.५ बाट बढेर ८.१३ प्रतिशत पुगेको थियो। 

यस्तो वृद्धिदर आगामी दिनमा अझै बढ्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ। 

डिजिटल नेपाल रणनीति अन्तर्गत सरकारले सबै सेवा सुविधा इन्टरनेटको माध्यमबाट दिने बताएको छ। यसरी सेवा दिँदा सबै नागरिकलाई इन्टरनेटको पहुँचमा पुर्‍याएर मात्र नहुने भन्दै सबैलाई साक्षर पनि बनाउने प्राधिकरणले जानकारी दिएको छ। 


प्रकाशित : सोमबार, पुस २६ २०७८०६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend