मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

जहाज मर्मतमा गम्भीर लापरबाही गरेको भन्दै निलम्बनमा परेका शाहलाई प्राविधिक प्रवक्ताको जिम्मेवारी

पद जोगाउन सहयोग नगरेको भन्दै पुनको जिम्मेवारी खोसियो

सोमबार, भदौ १७ २०८१
जहाज मर्मतमा गम्भीर लापरबाही गरेको भन्दै निलम्बनमा परेका शाहलाई प्राविधिक प्रवक्ताको जिम्मेवारी

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको निलम्बनमा परेका इन्जिनियर मनोज कुमार शाहलाई नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्राविधिक प्रवक्ताको जिम्मेवारी दिएका छन्। 

हवाई सुरक्षामा आँच आउनेगरी जहाज मर्मतमा लापरबाही गरेको भन्दै नियामक निकायले निलम्बन गर्दै अनुसन्धान गरिरहेका इन्जिनियर शाहलाई अधिकारीले प्राविधिक प्रवक्ताको जिम्मेवारी दिएका हुन्। 

कार्यकारी अध्यक्ष अधिकारीले प्राविधिक प्रवक्ता देबेन्द्र पुनलाई हटाएर शाहलाई जिम्मेवारी दिएका हुन्। न्यारोबडी ए ३२० नाइन एन एकेडब्लू जहाज मर्मतमा सुपर ग्लु लगाएर हाइड्रोलिक स्टिमको ह्यान्ड पम्प भल्व सिल टाँसेको विषयमा शाहमाथि अनुसन्धान भइरहेको छ। 

नियाकम निकायले अनुसन्धान गरिरहेको व्यक्तिलाई सेवा प्रदायकले जिम्मेवारी दिन नमिल्ने प्राधिकरण स्रोतले बताएको छ। अधिकारीले जहाज मर्मतलगायतका विषयमा निगमको बचाउ नगरी पुनले सत्य सूचना बाहिर दिएको भन्दै पदबाट हटाएर आफूनिकट पात्र शाहलाई प्राविधिक प्रवक्ताको जिम्मेवारी दिएको स्रोतको दाबी छ।

निलम्बनमा परेका शाहले अहिले प्राधिकरणका कर्मचारीलाई समेत आर्थिक प्रलोभन तथा भ्रमणमा पठाइदिने भन्दै निलम्बन फुकुवाका लागि दबाब दिइरहेको स्रोतको दाबी छ।  


प्रकाशित : सोमबार, भदौ १७ २०८११८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend