सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तत्काल २३ जलविद्युत आयोजनाको आईपीओ जारी गर्न माग

सोमबार, पुस २६ २०७८
तत्काल २३ जलविद्युत आयोजनाको आईपीओ जारी गर्न माग

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) ले २३ वटा जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) तत्काल जारीको अनुमती गराउन माग गरेको छ। 

काठमाडौं- स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) ले २३ वटा जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) तत्काल जारीको अनुमती गराउन माग गरेको छ। 

नेपाल धितोपत्र बोर्डले २३ जलविद्युत आयोजनाका आईपीओ जारी गर्न रोकेको भन्दै तत्काल जारीको अनुमती दिन माग गरेको हो। इपानले धितोपत्र बोर्डका पदाधिकारीहरुलाई भेटेर आईपीओ जारीको अनुमती दिलाउन माग गरेको हो।      

जलबिद्युत कम्पनीहरुका आईपीओको सम्बन्धमा सेबोनलाई  अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएको समेत इपानले ठहर गरेको छ।

आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको समेत इपानको निष्कर्ष छ।

आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बांै रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु गम्भीर रुपले प्रभाबित हुने कुरातर्फ इपानले धितोपत्र बोर्डका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको हो। 

 


प्रकाशित : सोमबार, पुस २६ २०७८०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend