मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भोलिदेखि पोखरा-जोमसोम उडान सुरु गर्दै तारा एयर, रामेछाप-लुक्ला उडान असोज ४ देखि थालिने

सोमबार, भदौ १७ २०८१
भोलिदेखि पोखरा-जोमसोम उडान सुरु गर्दै तारा एयर, रामेछाप-लुक्ला उडान असोज ४ देखि थालिने

यो सिजनका लागि तारा एयरको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ।

काठमाडौं- प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा-जोमसोमको नियमित उडान तारा एयरले पुन: थाल्ने भएको छ।

पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले तारा एयरले मंगलबार (भोलि) देखि पोखरा-जोमसोमको नियमित उडान पुन: सुरु गर्न लागेको हो।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्री बिसान गर्नेछ। हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्नेगरि तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै सञ्चालन हुनेछ।

यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप-लुक्ला-रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। यो सिजनका लागि तारा एयरको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ। 

सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाइ लुक्लाका लागि उडान भर्दै आएका हुन्।

रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले दिएको छ।

ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौं देखी लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ।


प्रकाशित : सोमबार, भदौ १७ २०८११५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend