मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आठ महिनामा साढे १६ प्रतिशतले बढे विदेशी पर्यटक

सोमबार, भदौ १७ २०८१
आठ महिनामा साढे १६ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौं- सन् २०२४ को आठ महिनामा विदेशी पर्यटक आगमन १६ दशमलव ५१ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको अगष्टसम्म ७ लाख २० हजार ३ सय ३४ विदेशी पर्यटक नेपाल आएका छन्।

जब कि गतवर्ष सन् २०२३ को सोही अवधिमा ६ लाख १ हजार ३ सय ६० पर्यटक नेपाल आएका थिए। यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एकसय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए।

साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन्। अगष्टमा भने ७२ हजार ७ स १९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

अगष्टमा सबैभन्दा बढी भारतबाट २५ हजार ८ सय ३२, चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट ५ हजार ६ सय १४, श्रीलंकाबाट ४ हजार ८ सय ५१, बेलायतबाट २ हजार ७ सय ६४ र बंगलादेशबाट तीन हजार ७७ विदेशी पर्यटक नेपाल आएका छन्।

पर्यटक आगमनको संख्या.png


प्रकाशित : सोमबार, भदौ १७ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend