सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फ्युज मसिनले १५ करोड विदेशी लगानी ल्याउने 

मंगलबार, पुस २७ २०७८
फ्युज मसिनले १५ करोड विदेशी लगानी ल्याउने 

लगानी विस्तारसँगै कम्पनीले ३ सय नेपालीलाई थप रोजगारी दिने भएको छ। 

काठमाडौं- सूचना प्रविधि कम्पनी फ्युज मसिनले १५ करोड विदेशी लगानी ल्याउने भएको छ। 

सन् २०१३ देखि नेपालमा सञ्चालनमा रहेको सूचना प्रविधि कम्पनी फ्युज मसिनले पछिल्लो समय आफ्नो नाम  र काम परिवर्तन भएको छ। अमेरिकामै कार्यरत डा समिर मास्केले फ्युज मसिन इन्क नामको कम्पनी अमेरिकामा सञ्चालन गरिरहेका छन्। 

अहिले नै २ सय बढी नेपालीलाई रोजगारी दिएको यो कम्पनीले थप लगानी ल्याएर रोजगारी पनि बढाउने तयारी गरेको छ। 

लगानी विस्तारसँगै कम्पनीले ३ सय नेपालीलाई थप रोजगारी दिने भएको छ। 

गैरआवासीय नेपालीहरूलाई नेपाली सरह नै लगानी ल्याउन दिने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा व्यवस्था भएपनि उनीहरूलाई प्रतिफल फिर्ता लिनमा समस्या रहेको छ। लगानी स्वीकृत नगरी प्रतिफल फिर्ता लिन नदिने नेपाल राष्ट्र बैंकको नियमका कारण उनीहरूले लगानी ल्याउँदा पनि विदेशी लगानी जस्तै गरी ल्याउनुपर्छ। 

फ्युज मसिनले नेपालमा आर्टिफिसिएल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्दै आएको छ। पछिल्लो लडाउनका समयमा यसले फ्युज क्लासरुम बनाएको थियो। सरकारी तथा गैरसरकारी क्षेत्रमा सफ्टवेयर निर्माणको सेवा दिइरहेको यो कम्पनीले लगानी ल्याएर नेपालमा सेवा अझै विस्तार गर्ने योजना बनाएको छ। 


प्रकाशित : मंगलबार, पुस २७ २०७८०५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend