शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

१ अर्ब ६० करोडको लागतमा राष्ट्रिय मानव अधिकार आयोग र किताबखानाको भवन निर्माण हुने

शुक्रबार, भदौ १४ २०८१
१ अर्ब ६० करोडको लागतमा राष्ट्रिय मानव अधिकार आयोग र किताबखानाको भवन निर्माण हुने

बैठक कक्ष, भण्डार कक्ष, इलेक्ट्रिक कक्ष, प्रतिक्षा कक्ष, प्रशिक्षण हल, पार्किङ सुविधा आदि सुविधासहितको भवन प्रस्ताव गरिएको छ।

काठमाडौं- सरकारले १ अर्ब ६० करोड रुपैयाँ लागतमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय किताबखानाको भवन निर्माण गर्ने भएको छ। ललितपुर महानगरपालिका-३ पुल्चोकमा भवन निर्माण हुने छ।

भवन निर्माणका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय सहरी विकास तथा भवन निर्माण विभागले प्रस्तावक रहेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।

मानव अधिकार आयोग र किताबखानाको भवन भूकम्पले क्षती पुर्‍याएको थियो। तर अहिलेसम्म भवन निर्माण हुने सकेको थिएन। भूकम्पले क्षती गरेको पुल्चोक ललितपुर हरिहर भवनको क्षति ग्रस्त भवनलाई भत्काइ सोही स्थानमा दुई निकायको भवन निर्माणका लागि वातावरणीय रिपोर्ट सार्वजनिक भएको छ।

बैठक कक्ष, भण्डार कक्ष, इलेक्ट्रिक कक्ष, प्रतिक्षा कक्ष, प्रशिक्षण हल, पार्किङ सुविधा आदि सुविधासहितको भवन प्रस्ताव गरिएको छ।

भवन २१.५ मिटर उचाइको प्रस्ताव गरिएको छ। भवन चारतले हुने छ। दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ।


प्रकाशित : शुक्रबार, भदौ १४ २०८१११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend