मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

धावनमार्गको वृहत काम हुँदा ६ घण्टा बन्द भएको विमानस्थल यसपालि १० घण्टा बन्द हुँदै, उडान घट्दा भाडा बढ्ने

बिहीबार , भदौ ६ २०८१
धावनमार्गको वृहत काम हुँदा ६ घण्टा बन्द भएको विमानस्थल यसपालि १० घण्टा बन्द हुँदै, उडान घट्दा भाडा बढ्ने

तर निरौला भने त्यस्तो नहुने बताउँछन्। सकेसम्म काठमाडौंमै व्यवस्थापन हुने नभए भैरहवा र पोखराबाट पनि उडान हुने भएकाले काठमाडौंको चाप न्यूनीकरण हुने उनको भनाइ छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थल कार्यालयले जेठमै ईआपी जारी गरेर विमानस्थल बन्द रहने सूचित गराएको थियो। 

आज कार्यालयले स्लटका बारेमा निर्णय गर्न लागेको छ। कात्तिक २३ गतेदेखि दैनिक १४ घण्टामात्र विमानस्थल बन्द हुने भएको छ। तर यसरी दिनमा १० घण्टा विमानस्थल बन्द हुँदा त्यसको चाप भाडादरमा पर्ने देखिएको छ। 

राति १० बजे नै विमानस्थल बन्द हुने भएकाले सकभर त्यसअघि नै उडान व्यवस्थापन गरेर नै तालिका निकालिने विमानस्थल कार्यालय प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए। 

निरौलाका अनुसार उक्त समयमा हरेक दिन राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ। यसका लागि नोटाम (विमानस्थलका हुने सबै उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ। 

ट्याक्सी-वे र धावन मार्ग जोडने लिंक-वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोडने वे निर्माणका लागि हरेक दिन १० घण्टा विमानस्थल बन्द गर्न लागिएको उनले जानकारी दिए। समानान्तर ट्याक्सी-वे तथा एप्रोनको काम भइसकेको छ। 

रातिको समयमा हुने सबै उडान व्यवस्थापन नहुने त्यही कारणले केही उडान कटौति हुने भएका छन्। यसका कारणले एयरलाइन्सहरूले भाडा बढाउने जोखिम बढेको छ। एयरलाइन्सको भाडामा सयरकारको नियन्त्रण नहुने भएकाले त्यसको मार यात्रुमा थपिने जोखिम पनि रहेको छ। 

तर निरौला भने त्यस्तो नहुने बताउँछन्। सकेसम्म काठमाडौंमै व्यवस्थापन हुने नभए भैरहवा र पोखराबाट पनि उडान हुने भएकाले काठमाडौंको चाप न्यूनीकरण हुने उनको भनाइ छ। 

यसअघि विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र एप्रोनमा नयाँ कालोपत्रे हाल्ने कामका लागि सुरूमा १० घण्टा र त्यसपछि ६ घण्टामात्र बन्द भएको थियो। त्यसरी काम हुँदा पनि सम्झौताभन्दा ५ महिना अघि नै काम सम्पन्न भएको थियो। तर यो पालि भने लिंक रोडकै लागि १० घण्टा उडान बन्द गर्न लागिएको हो। 


प्रकाशित : बिहीबार , भदौ ६ २०८११३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend