मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गौतम बुद्ध र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई हवाई इन्धनमा छुट

शुक्रबार, साउन ३२ २०८१
गौतम बुद्ध र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई हवाई इन्धनमा छुट

काठमाडौं- नेपाल आयल निगमले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई हवाई इन्धनमा छुट दिने भएको छ।  

अहिले एक केएल हवाई इन्धनको मूल्य १०४२ डलर रहेकोमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीले ९४२ डलरमा पाउनेछन्। 

नेपाल आयल निगम कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले हवाई इन्धनमा छुट दिने निर्णय भएको बताएका छन्। शुकबार बसेको सञ्चालक समितिको बैठकद्वारा एक हजार लिटर हवाई इन्धन अर्थात एक केयलमा एकसय डलर छुट दिने निर्णय भएको उनले बताए।

सरकारले केही दिनअगाडि मात्रै गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि भन्दै सञ्चालन कार्ययोजना स्वीकृत गरेको थियो। सरकारले हवाई इन्धनमा छुट दिने विषय कार्ययोजनामा समावेश गरेको थियो।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्ययोजनाअनुसार काम गर्न निगमलाई निर्देशन भएको थियो। सोहोअनुसार निगमले १ हजार लिटर हवाई इन्धनमा १ सय डलर छुट दिने निर्णय गरेको हो। यो निर्णय भदौ १ गतेबाट नै लागु हुने भट्टले जानकारी दिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ र पोखरा विमानस्थल २०७९ पुसमा उद्घाटन भएको थियो। गौतम बुद्धबाट केही नियमित उडान भएपनि पोखरामा चार्टर उडानबाहेक अरु उडान हुन सकेको छैन।


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend