शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

२ करोड ७१ लाख खर्चेर बागलुङको बोङ्‍गाखोलामा पक्की पुल निर्माण, साना तथा मझौला सवारीसाधन चल्न मिल्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ३२ २०८१
२ करोड ७१ लाख खर्चेर बागलुङको बोङ्‍गाखोलामा पक्की पुल निर्माण, साना तथा मझौला सवारीसाधन चल्न मिल्ने

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्‍गाखोलामा पुल निर्माण भएको बताए।

बागलुङ- तमानखोला गाउँपालिका-१ बोङ्‍गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल २ करोड ७१ लाख २७ हजार ९ सय ६४ रुपैयाँमा निर्माण भएको छ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्‍गाखोलामा पुल निर्माण भएको बताए।

गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए। गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार ९ सय २६ रुपैयाँको लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए।

चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए।

'ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई ६० लाख भुक्तानी गर्न बाँकी  छ' विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने। रासस


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend