शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

पुल, सडकलगायत पर्वतमा १२२ पूर्वाधार योजना सम्पन्न

बिहीबार , साउन ३१ २०८१
पुल, सडकलगायत पर्वतमा १२२ पूर्वाधार योजना सम्पन्न

गत आवमा डिमुवा-राम्जा-चित्रे साढे पाँच किलोमिटर र चिसापानी-हातेमालो चोक-त्रिवेणी-वहाकीभञ्याङ-पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ।

पर्वत- जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन्।

पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सम्पन्न भएका हुन्। गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट एक सय ५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा एक सय २२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश मातहतका एक सय ३३ योजना र संघीय सरकारअन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ ६ वटा ठूला आयोजना सम्पन्न भएका तथा सातवटा मर्मत गरिएका हुन्।

उक्त कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार २० वटा योजना बहुवर्षे ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवाद कारण १० वटा योजना कार्यान्वयन भएका छैनन्। ती योजनाको रकम पनि फ्रिज भएको छ।

गत आवमा डिमुवा-राम्जा-चित्रे साढे पाँच किलोमिटर र चिसापानी-हातेमालो चोक-त्रिवेणी-वहाकीभञ्याङ-पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ।

यसैगरी सेराबेँसी-मोहरिया-भुकताङ्, फलेवास नगरपालिका-३ स्थित नुवार-सहिदचोक-चुुचुनदेउराली सडक पाँच सय ६० मिटर र वाँझावारी-राम्चे-चौतारा- शंकरपोखरी सडक पाँच सय ६० मिटर, मख-ठूलीपोखरी-देउपुर-देउराली-जोगीथुम दुई किलोमिटर, मिलनचोक-धाइरिङ-घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ। 

सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ। पैयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend