मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटन बोर्डमा सीईओ छनोट प्रक्रिया अगाडि बढाउन बाटो खुल्यो, उच्च अदालतमा परेको रिट खारेज

बुधबार, साउन ३० २०८१
पर्यटन बोर्डमा सीईओ छनोट प्रक्रिया अगाडि बढाउन बाटो खुल्यो, उच्च अदालतमा परेको रिट खारेज

धनन्जय रेग्मी चारवर्षे कार्यकाल सकेर बिदा भएयता २०८० माघदेखि बोर्डमा सीईओ पद खाली रहेको छ।

काठमाडौं- नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाका लागि बाटो खुलेको छ।

धनन्जय रेग्मी चारवर्षे कार्यकाल सकेर बिदा भएयता २०८० माघदेखि बोर्डमा सीईओ पद खाली रहेको छ।

त्यसलगत्तै सीईओ छनोटका लागि उपसमितिले आवेदन प्रक्रिया सुरु गरेको थियो। सीईओका लागि १६ जनाले आवेदन दिएका थिए। तर छनोट उपसमितिका सदस्यको योग्यतामा प्रश्न उठाउँदै कुन्दन शर्मा मिश्रले उच्च अदालतमा रिट दायर गरेपछि अन्तरिम आदेश दिँदै अदालतले प्रक्रिया तत्काल अगाडि बढाउन रोक लगाएको थियो।

सोही रिटउपर उच्च अदालतको संयुक्त इजालसले पहिले जारी गरेको अन्तरिम आदेश खारेज गर्दै रिट नै खारेज गरिदिएको छ।अदालतका न्यायाधीश लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगनाको इजालले मिश्रले दायर गरेको रिट नै खारेज गरिदएको हो। योसँगै अब नेपाल पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो।

अब उपसमितिले आवेदन दिएकाहरुबाट बोर्ड सञ्चालक समिति ३ जनाको नाम सिफारिस गर्नेछ। त्यही ३ जनाबाट एक जनालाई बोर्डले सीईओ बनाउने छ।

बोर्ड अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने छन्।


प्रकाशित : बुधबार, साउन ३० २०८११७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend