मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मंगलबार, साउन २९ २०८१
काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७ आठकिलो भन्ने ठाउँमा अवतरण गरिएको हो।

धादिङ- पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।

ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो।

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन-एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका-७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend