मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ब्राजिलमा भएको एटीआर ७२-६०० जहाज दुर्घटनामा ६१ जनाको मृत्यु, डिआईसिङ र एण्टी आईसिङ युनिटले काम नगरेको अनुमान

शनिबार, साउन २६ २०८१
ब्राजिलमा भएको एटीआर ७२-६०० जहाज दुर्घटनामा ६१ जनाको मृत्यु, डिआईसिङ र एण्टी आईसिङ युनिटले काम नगरेको अनुमान
तस्बिर : सीएनएन

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो।

काठमाडौं- शुक्रबार दिँउसो (ब्राजिलको स्थानीय समय) १:२१ मा एटीआर ७२-६०० जहाज दुर्घटना हुँदा ६१ जनाले ज्यान गुमाएका छन्। जहाजमा ५७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए।

पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको भोयपास एयरलाइन्सको एटीआर-७२ जहाज साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो सहरमा घरहरू रहेकै ठाउँमा खसेको थियो।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो। त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै  एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो। जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।

जहाज स्टल भएको अनुमान गरिएको छ। ब्राजिलको साओ पाउलोमा भएको दुर्घटनाको मुख्य कारण १२ हजारदेखि २० हजार फिटको उचाइमा अत्यधिक चिसोका कारण हिउँ जम्नु देखिएको छ। उक्त जहाज त्यस वातावरणमा प्रवेश गरेपछि जहाजको डिआईसिङ र एण्टी आईसिङ युनिटले काम नगर्दा यो दुर्घटना घटेको जानकारहरु बताउँछन्।

भिडियोमा जहाजको विङ्समा तथा प्रोपेलरतिर हिउँ जमेको पनि देख्न सकिन्छ। जहाज दुर्घटनाको कारण अध्ययनपछि आउने छ। तर जहाज स्टल भएको छ। डिआईसिङ र एण्टी आईसिङ युनिटले काम नगरेपछि जहाजको नोज तल लैजानुपर्छ। तर सार्वजनिक भएको भिडियोमा नोज डाउन नै भइ जहाज भुइँमा खसेको देख्न सकिन्छ।


प्रकाशित : शनिबार, साउन २६ २०८११६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend