मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सिनामंगलमा पाँच करोडको लगानी रहेको 'होटल रोयल एयरपोर्ट' सञ्चालनमा

शनिबार, साउन २६ २०८१
सिनामंगलमा पाँच करोडको लगानी रहेको 'होटल रोयल एयरपोर्ट' सञ्चालनमा

पाँच करोड रुपैयाँभन्दा बढीको लगानी रहेको यस होटलमा दुईसय जनाभन्दा बढी क्षमताका हल बैठक कक्षसहित ३४ वटा कोठा रहेका छन्।

काठमाडौं- युवाहरुको समूह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलमा पर्यटकीयस्तरको होटल सञ्चालनमा ल्याएका छन्। युवाहरुको समूहले 'होटल रोयल एयरपोर्ट' सञ्चालनमा ल्याएका हुन्।

होटलको उद्घाटन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले गरेका हुन्। होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए।

‘पर्यटन उद्योगको विकासमा आवश्यक सहजीकरणका लागि म सधैँ तत्पर छु,’ मन्त्रीले भने, 'अझ तपाईँहरु जस्ता युवाहरु पर्यटन उद्योगमा आउनुभएको छ र आउँदै हुनुहुन्छ उहाँहरुलाई मेरो थप सहयोग र साथ रहने छ।'

मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समूह मिलेर पाँच करोड रुपैयाँभन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा ल्याएको बताए। ३४ वटा कोठाको होटलमा ५० शय्या रहेका छन्।

दुईसय जनाभन्दा बढी क्षमताका हल बैठक कक्षसहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्याइएको उनले बताए। उनले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्योगमा सहयोग गर्ने विश्वास व्यक्त गरे।


प्रकाशित : शनिबार, साउन २६ २०८११५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend