मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अन्नपूर्ण र मुस्ताङको हेलिकोप्टर उडानमा प्रतिबन्ध, सौर्य एयरलाइन्सको एओसी निलम्बन

बिहीबार , साउन २४ २०८१
अन्नपूर्ण र मुस्ताङको हेलिकोप्टर उडानमा प्रतिबन्ध, सौर्य एयरलाइन्सको एओसी निलम्बन

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले उडानमा प्रतिनबन्ध लगाउँदै दुबै कम्पनीको उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरेको छ।

सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बन गरेको हो।  

अन्नपूर्णसँग एउटा हेलिकोप्टर रहेको छ। मुस्ताङसँग दुईवटा हेलिकोप्टर रहेको छ। मुस्ताङ एक वर्षदेखि उडानमा छैन।

यसैगरी प्राधिकरणले सौर्य एयरलाइन्सको एओसीसमेत निलम्बन गरेको छ। दुईसाता अगाडि काठमाडौंबाट सी-चेकका लागि पोखरा लैजाँदै गर्दा सौर्यको जहाज काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।


प्रकाशित : बिहीबार , साउन २४ २०८११७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend