मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरमा कडाइ गर्दै प्राधिकरण, कति प्रतिशत हुँदा कस्ताे कारबाही?

६० देखि ७५ प्रतिशत हुनेको उडान ५० प्रतिशत कटौतीसँगै वायुयान पनि थप्न नदिइने

बुधबार, साउन २३ २०८१
सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरमा कडाइ गर्दै प्राधिकरण, कति प्रतिशत हुँदा कस्ताे कारबाही?

काठमाडौं- हवाई सुरक्षाको विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले कठोर निर्णय गरेको छ।

प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर कार्यान्वयनकाे अवस्थाकाे विषयमा सबै वायुसेवा कम्पनीकाे अडिट गरिरहेकाे र निश्चितभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने निर्णय सर्कुलर गरेकाे छ।

प्राधिकरणले मंगलबार नै सबै वायुसेवा कम्पनीलाई यसबारे जानकारीसमेत गराइसकेकाे छ।

प्राधिकरणले एयरलाइन्सको सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरको न्यूनतम स्वीकार्यता दर निर्धारण गर्ने छ। जसमा परिपालनादर ६० प्रतिशत हुनैपर्ने क्याप रहने निर्णय गरेको छ।

६० प्रतिशतभन्दा न्यून परिपालना दर भएका एयरलाइन्सको उडानमा रोक लाग्ने भएको छ।

caan.jpg

सबै एयरलाइन्ससहितको 'हाइ लेभल सेफ्टी कोर्डिनेसन कमिटी'को सहमतिअनुसार प्राधिकरणले आइकाओको सेफ्टी रणनीतिअनुसार नेपालमा 'एसएमएस' परिपालनाको न्यूनतम दर ६० प्रतिशत कायम गर्ने निर्णय भएको महानिर्देशक ई. प्रदीप अधिकारीले जानकारी दिएका छन्।

त्यस्तै प्राधिकरणले ६० देखि ७५ प्रतिशत परिपालनादर भएका एयरलाइन्समाथि पनि कडाइ गर्ने भएको छ। यस्तो दर भएका एयरलाइन्सलाई उडान विस्तारको अनुमति नदिने, स्वीकृत उडानको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने, नयाँ जहाज खरिदको अनुमति नदिने जस्ता निर्णय प्राधिरकरणले गरेको छ।

यसका लागि प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरकाे विषयमा अडिट गरिरहेकाे छ।


प्रकाशित : बुधबार, साउन २३ २०८१२२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend