मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न बनाइयो आयोग

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २३ २०८१
हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न बनाइयो आयोग

आयोगलाई काम सुरु गरेको मितिले ३० दिनको समय दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

काठमाडौं- सरकारले हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग बनाइएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो। आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। 

आयोगलाई काम सुरु गरेको मितिले ३० दिनको समय दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा  पाइलट अरुण मल्लसहित चिनियाँ यात्रुहरू जुदाड टाङ, जी ली, यियाद वु र जेमिङ सीको मृत्यु भएको थियो। 


प्रकाशित : बुधबार, साउन २३ २०८११८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend