मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा नेपाली पाइलटसहित चारजना चिनियाँको मृत्यु

बुधबार, साउन २३ २०८१
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा नेपाली पाइलटसहित चारजना चिनियाँको मृत्यु

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूइरेचौरमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडानमा सम्पर्कविहीन भएको एयर डाइनेस्टीको ९ एन-एजेडी हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चिनियाँ यात्रुहरू जुदाड टाङ, जी ली, यियाद वु र जेमिङ सी सवार थिए। 

हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो।  सूइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरी प्रहरीलाई खबर गरेका थिए। 

'हेलिकोप्टर उडान गरेको तीन मिनेटपछि काठमाडौं टावरसँग सम्पर्कविच्छेद भइ शिवपुरी गाउँपालिका-७ सूइरेचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकोप्टर कम्पनीको नाइन एन-एएनएल हेलिकोप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ' नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

air dynasty accident 1.jpg

१६ महिनाअगाडि ह्याम्स अस्पतालमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हेलिकोप्टर नुवाकोटमा दुर्घटना १६ महिनाअगाडि ह्याम्स अस्पतालमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हेलिकोप्टर नुवाकोटमा दुर्घटना


प्रकाशित : बुधबार, साउन २३ २०८११५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend