मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

१६ महिनाअगाडि ह्याम्स अस्पतालमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

बुधबार, साउन २३ २०८१
१६ महिनाअगाडि ह्याम्स अस्पतालमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

काठमाडौं- काठमाडौं- काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडानमा सम्पर्कविहीन भएको एयर डाइनेस्टीको ९ एन-एजेडी हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ। 

हेलिकोप्टर उडान गरेको तीन मिनेटपछि काठमाडौं टावरसँग सम्पर्कविच्छेद भइ शिवपुरी गाउँपालिका-७ सूइरेचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकोप्टर कम्पनीको नाइन एन-एएनएल हेलिकोप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ' नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उक्त हेलिकोप्टर १६ महिनाअगाडि काठमाडौं ह्याम्स अस्पतालमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको थियो। अवतरणका क्रममा हेलिकोप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको थियो।

२०७९ चैत २५ गते अस्पतालबाट बिरामी लिनका लागि चितवन उड्न लागेका बेला उक्त हेलिकोप्टर सामान्य दुर्घटनामा परेको थियो। उही हेलिकोप्टर अहिले नुवाकोट सूइरेचौरमा दुर्घटनामा परेको हो। 

हेलिकोप्टरमा चारजना चिनियाँ यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन्। निरौलाका अनुसार हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो।

चिनियाँ यात्रुहरू जुदाड टाङ, जी ली, यियाद वु र जेमिङ सी सवार रहेका छन्। हेलिकोप्टरमा पाइलट अरुण मल्ल रहेका छन्।


प्रकाशित : बुधबार, साउन २३ २०८११५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend