मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सम्पर्कविहीन भएको हेलिकोप्टरमा चारजना चिनियाँ यात्रु

बुधबार, साउन २३ २०८१
सम्पर्कविहीन भएको हेलिकोप्टरमा चारजना चिनियाँ यात्रु

काठमाडौं- काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको ९ एन-एजेडी हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

हेलिकोप्टरमा चारजना चिनियाँ यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन्। हेलिकोप्टरमा पाइलट अरुण मल्ल रहेका छन्। चिनियाँ यात्रुहरू जुदाड टाङ, जी ली, यियाद वु र जेमिङ सी सवार रहेका छन्। 

हलिकोप्ट दुर्घटनामा परेको आशंका गरिएको छ। निरौलाका अनुसार हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। हेलिकोप्टर नुवाकोटको सूइरेचौरपछि सम्पर्कमा नआएको बताइएको छ।

शिवपुरी गाउँपालिका-७ स्थित शिवपुरी जंगलको सूइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिएका छन्।


प्रकाशित : बुधबार, साउन २३ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend