मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

वर्षाले हवाई उडान प्रभावित

मंगलबार, साउन २२ २०८१
वर्षाले हवाई उडान प्रभावित

अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन्। आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ।

काठमाडौं- गएरातिदेखिको लगातारको वर्षाले  मुलुकको हवाई उडान प्रभावित भएको छ।

निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ। अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन्। आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ।

निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ। वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित  सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताए। आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन्।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भइ भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend