मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३
सन् २०२४ काे ६ महिना

कार्यकारी अध्यक्षमा अधिकारी आएसँगै निगमको बजार हिस्सा १२ प्रतिशतमा झर्‍यो, बढी यात्रु बोक्नेमा कतार एयरवेज पहिलो

मंगलबार, साउन २२ २०८१
कार्यकारी अध्यक्षमा अधिकारी आएसँगै निगमको बजार हिस्सा १२ प्रतिशतमा झर्‍यो, बढी यात्रु बोक्नेमा कतार एयरवेज पहिलो

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको तथ्यांकअनुसार निगमको बजार हिस्सा १२.११ प्रतिशतमा झरेको छ।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बजार हिस्सा निरन्तर रुपमा ओरालो लागिरहेको छ। निगमको बजार हिस्सा घट्दा विदेशी वायुसेवा कम्पनीको उपस्थिति बढ्दो छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको तथ्यांकअनुसार निगमको बजार हिस्सा १२.११ प्रतिशतमा झरेको छ। 

सन् २०२३ को अन्त्यसम्ममा निगमको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको थियो। निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड भएसँगै निगमको बजार हिस्सा झन घटेको हो। निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीको टिम आएसँगै निगमको बजार हिस्सा निरन्तर घटेको घट्यै छ। 

सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा पुर्‍याएको निगम सन् २०२३ मा १०.७९ प्रतिशत बिन्दुले खस्किएको थियो। सन् २०२३ को कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको थियो। 

निगमको बजार हिस्सामात्रै घटेको छैन मासिक आम्दानी पनि ४० देखि ५० करोड रुपैयाँले घटेको छ। विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार सन् २०२४ को ६ महिनामा कुल २४ लाख ९० हजार ६ सय १२ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जसमा ३ लाख १ हजार ७ सय ९९ जनाले नेपाल एयरलाइन्सको जहाजबाट यात्रा गरेका छन्।

व्यवस्थापनको लापरबाहीका कारण जहाज ग्राउन्डेडको श्रृंखला बढिरहेको छ। जसको असर बजार हिस्सा र आम्दानीमा परेको छ।

सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्सको ताज भने कतार एयरवेजसँग रहेको छ। कतारले ६ महिनामा ३ लाख ५ हजार ३ सय १६ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। 


प्रकाशित : मंगलबार, साउन २२ २०८१०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend