बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

त्रिभुवन विमानस्थल हुँदै ६ महिनामै ४६ लाख ६२ हजारभन्दा बढीले गरे हवाई यात्रा

आइतबार, साउन २० २०८१
त्रिभुवन विमानस्थल हुँदै ६ महिनामै ४६ लाख ६२ हजारभन्दा बढीले गरे हवाई यात्रा

काठमाडौं- सन् २०२४ को जनवरीदेखि जनुसम्मको ६ महिनाकै अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४६ लाख ६२ हजार ४ सय २५ यात्रुले हवाई यात्रा गरेका छन्। जुन अहिलेसम्मकै बढी हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगनाथ निरौलाका अनुसार सो अवधिमा हवाई यात्रुको संख्या यति पुगेको पहिलोपटक हो। उनका अनुसार यही दरमा जाने हो भने यो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गर्नेछन्।

यसअघि २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजारभन्दा बढीले हवाई यात्रा गरेका थिए।

सन् २०२३ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा रेकर्ड ब्रेक भएको थियो भने आन्तरिक हवाई यात्रु भने केही घटेका थिए। 

तर सन् २०२४ को ६ महिनाको तथ्यांकलाई आधार मान्दा यो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई यात्रा गर्ने यात्रुको संख्या सबैभन्दा बढी हुने छ।

विमानस्थल कार्यालयका अनुसार ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २४ लाख ९० हजार ६ सय १२ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। यसैगरी २१ लाख ७१ हजार ८ सय १३ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्।

सन् २०२४ को ६ महिनाकोआन्तरिक हवाई यात्रु.png
६ महिनाको अन्तर्राष्ट्रिय हवाई यात्रु.png


प्रकाशित : आइतबार, साउन २० २०८११२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend