शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

३ करोड ५० लाख रुपैयाँ लगानीमा सुनकोशीमा झोलुङ्‍गे पुल निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
३ करोड ५० लाख रुपैयाँ लगानीमा सुनकोशीमा झोलुङ्‍गे पुल निर्माण

पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त ३ करोड ५० लाख रुपैयाँ लगानीमा पुल निर्माण भएको हो।

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्‍गे पुल सञ्चालनमा आएको छ। 

पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त ३ करोड ५० लाख लगानीमा पुल निर्माण भएको हो।

पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा-३ बाइटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए।

पुलका दुवै बिन्दुमा कच्ची सडक पनि निर्माण भएको छ। यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन १८ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend