सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेस गर्न व्यवसायीको आग्रह

मंगलबार, पुस २० २०७८
आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेस गर्न व्यवसायीको आग्रह

हाल जर्ति सम्बन्धि ठोस व्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ। 

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेस गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधानगर्न आग्रह गरेको हो। 

भेटका क्रममा व्यवसायीका तर्फवाट तीन वटा माग अगाडि सारिएको थियो। त्यसमध्ये पहिलोमा जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने रहेको छ। हाल जर्ति सम्बन्धि ठोस व्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ। 

यस्तै व्यवसायीले सुनचाँदी जस्तो वहुमूल्य धातुको कारोबारमा नगद करोबारको सीमा ५० हजारबाट बढाएर १० लाख पुर्‍याउनुपर्ने माग गरेको छन्। व्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखा परीक्षण सम्बन्धि व्यवस्थमा एकरुपमा हुनुपर्ने रहेको छ। 

व्यवसायीसँगको भेटका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिए। ‘व्यवसायीका समस्या साधान गर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ,’ पौडेलले भने, ‘अब पनि के गर्न सकिन्छ त्यो अध्ययनगरी हामी आवश्यक निर्णय लिन्छौं।’  

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानूनी व्यवस्थाको अभावमा बजारमा ब्यवसायीबीच दुविधा उत्पन्न नहोस र जर्ति जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै  सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए।  यसबाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, पुस २० २०७८०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend