बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

युवराज अधिकारीको असक्षमता र भ्रष्ट आचरणले नेपाल एयरलाइन्सलाई क्षति, यस्तो छ छानबिन समितिको प्रतिवेदन

बुधबार, साउन १६ २०८१
युवराज अधिकारीको असक्षमता र भ्रष्ट आचरणले नेपाल एयरलाइन्सलाई क्षति, यस्तो छ छानबिन समितिको प्रतिवेदन

निगमलाई प्रतिस्पर्धी बनाउनका लागि क्षमतावान व्यवस्थापकीय नेतृत्व र चुस्त सांगठनिक संरचना हुनुपर्ने समितिको निष्कर्ष छ।

काठमाडौं- नेपाल एयरलाइन्सको नेतृत्वमा रहेका कार्यकारी अध्यक्ष युवराज अधिकारीको चरम लापरबाही र कमिसनको खेलका कारण संस्थालाई एक अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको सरकारले नै गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ। 

एयरबस न्यारोबडी र वाइडडीको इन्जिन समयमै मर्मत नगर्दा लामो समय जहाज ग्राउन्डेड भएका थिए। मर्मतको टेन्डरमा विधि नपुर्‍याएको मात्र होइन समयमै काम नगरेर हेलचक्रयाँइ गरेको समितिले निष्कर्ष निकालेको छ।

इन्जिन मर्मतका क्रममा कमिसनको खेलमा कार्यकारी अध्यक्ष अधिकारी लाग्दा काममा ढिलामात्र होइन नोक्सानी पनि भएको कुरा बाहिरिएपछि सरकारले छानबिन समिति बनाएको थियो। 

अख्तियारले १५ दिनभित्रि यो विषयमा छानबिन गरेर प्रतिवेदन बुझाउन मन्त्रालयलाई निर्देशन दिएको थियो। सोहीअनुसार नेपाल नागरिक  उड्डडन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा समिति बनेको थियो। समितिको प्रतिवेदन अब अख्तियारमा जाने छ। 

समितिले कार्यकारी अध्यक्ष अधिकारीसहित अन्य विभागीय प्रमुखको असक्षमताका कारणले गर्दा यो प्रकरणमा अनियमिततादेखि नोक्सानीसम्म भएको पाएको छ।

निगमलाई प्रतिस्पर्धी बनाउनका लागि क्षमतावान व्यवस्थापकीय नेतृत्व र चुस्त सांगठनिक संरचना हुनुपर्ने समितिको निष्कर्ष छ। 

यस्तो छ छानबिन समितिको प्रतिवेदन


प्रकाशित : बुधबार, साउन १६ २०८११५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend