बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाली वायुसेवा कम्पनीहरू हवाई सुरक्षामा संवेदनशील छन् : वायुसेवा सञ्चालक संघ

मंगलबार, साउन १५ २०८१
नेपाली वायुसेवा कम्पनीहरू हवाई सुरक्षामा संवेदनशील छन् : वायुसेवा सञ्चालक संघ

दुर्घटना नियामक निकाय कसैको नियन्त्रणमा नहुने भन्दै संघले नकारात्मक टिकाटिप्पणीप्रति ध्यानाकर्षण जनाएको हो।

काठमाडौं- वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवा कम्पनीहरु हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको भन्दै काबुबाहिरको परिस्थितिमा हुने घटना तथा दुर्घटनालाई लिएर नियामकको भूमिकामाथि टिकाटिप्पणी नगर्न आग्रह गरेको छ।

गएको बुधबार नियमित परीक्षणका लागि पोखरा उड्नेक्रममा सौर्य एयरलाइन्सको नाइनएन एएमई कलसाइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि बिग्रेको जहाजलाई उडानको अनुमति दिइएको भन्दै हवाई कम्पनी, नेपाल नागरिक उड्‌डयन प्राधिकरणलगायत नियमनकारी निकायमाथि प्रश्न उठेको थियो। 

यस्ता घटना नियामक निकाय कसैको नियन्त्रणमा नहुने भन्दै संघले नकारात्मक टिकाटिप्पणीप्रति ध्यानाकर्षण जनाएको हो। संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा सदैव प्रतिबद्ध रहेको संघले जनाएको छ।

प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त सुझावहरु अनुशरण गर्दै सदस्य वायुसेवा कम्पनीहरुले अक्षरस पालना गर्नुका साथै नियमनकारी निकाय प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरु पूर्णरुपमा पालना भए/नभएको बारे सम्बन्धित निकायले समय-समयमा अनुगमन गर्ने गरेको संघले जनाएको छ।

गत बुधबार सौर्यको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए।

उक्त जहाजमा चालक दलका सदस्यसहित सौर्यका १९ जना प्राविधिक तथा कर्मचारी सवार थिए।

जहाज दुर्घटनाका विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।


प्रकाशित : मंगलबार, साउन १५ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend