बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सुकिलुम्बा विमानस्थलमा दुई महिनादेखि हवाई उडान ठप्प

images
सोमबार, साउन १४ २०८१
images
सुकिलुम्बा विमानस्थलमा दुई महिनादेखि हवाई उडान ठप्प

हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ। हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन्।

images
images

इलाम- इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ। खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो।

images
images
images

यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो। जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो।

images
images

त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए। मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ। 

images
images

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम-काठमाडौं उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए।

सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका-९ मा पर्छ। मौसम खुलेपछि नियमित उडान हुने उनले बताए।

हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ। हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend