बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कर्णालीमा गतआवमा पर्यटनबाट २ करोड १४ लाख राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १३ २०८१
कर्णालीमा गतआवमा पर्यटनबाट २ करोड १४ लाख राजस्व संकलन

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से-फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसंकलन भएको राजस्व यसमा समावेश भएको छैन।

कर्णाली- कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७५ हजार ९ सय १७ रुपैयाँ राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लाख १२ हजार २ सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार ३ सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन गरेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से-फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसंकलन भएको राजस्व यसमा समावेश भएको छैन। 

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि  मन्त्रालयसँग नभएको उनले बताइन‍्। रासस

प्रकाशित : आइतबार, साउन १३ २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend