शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १३ २०८१
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छभने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ। चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन्।

झापा- एक वर्षमा  झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो।

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छभने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ। चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन्। 

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल दुई सय ८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल दुई पाँच किलोमिटर सोलिङ र शून्य दशमलव तीन सय ५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए। रासस

प्रकाशित : आइतबार, साउन १३ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend