बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

६ अर्ब ११ करोडको लगानीमा रुपन्देहीमा दुईवटा तारे होटल निर्माण हुने

आइतबार, साउन १३ २०८१
६ अर्ब ११ करोडको लगानीमा रुपन्देहीमा दुईवटा तारे होटल निर्माण हुने

वेदा हस्पिटालिटीले रुपन्देहीमा तारे होटल निर्माण गर्न लागेको हो। हस्पिटालिटीले ४ अर्ब ११ करोडको लगानीमा तारे होटल निर्माण गर्न लागेको हो।

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै  उक्त क्षेत्रमा तारे होटल निर्माणमा व्यवसायीहरूको प्रतिस्पर्धा नै चलेको छ। होटलमा लगानी बढेपनि विमानस्थल पूर्णरुपमा सञ्चालन नहुँदा होटलको व्यवसाय सोचेअनुरुप भने छैन। 

पछिल्लो समय रुपन्देहीमा नै ६ अर्बभन्दा बढीको लगानीसहित दुईवटा तारे होटल निर्माणको प्रस्ताव भएको छ।

४ अर्बभन्दा माथिको लगानी प्रतिबद्धतासँगै वेदा हस्पिटालिटी र २ अर्बको लगानीमा माउन्टेन प्रसादी ग्रुपले तारेहोटल निर्माणका लागि लगानी प्रतिबद्धतासँगै उद्योग विभागमा दर्ता भएका छन्।

वेदा हस्पिटालिटीले रुपन्देहीमा तारे होटल निर्माण गर्न लागेको हो। हस्पिटालिटीले ४ अर्ब ११ करोडको लगानीमा तारे होटल निर्माण गर्न लागेको हो।

होटलमा ४ अर्ब ११ करोडको लगानी प्रतिबद्धतासँगै वेदा हस्पिटालिटी उद्योग विभागमा दर्ता भएको छ। विभागको दर्ता विवरणमा ४ अर्ब ११ करोडको लगानीमा २ सय ७० वेडको होटल निर्माण हुने छ। होटलमा ४ सय ७० जना क्षमताको रेष्टुरेन्टसमेत निर्मण हुने छ। होटलमा क्यासिनो समेत सञ्चालन हुने छ। 

यसैगरी रुपन्देहीमा नै २ अर्बको लगानी अर्को तारेहोटलको निर्माण हुने गरी लगानी प्रतिबद्धता आएको छ। शतप्रतिशत विदेशी लगानी प्रतिबद्धतासँगै माउन्टेन प्रसादी ग्रुपले रुपन्देहीमा तारे होटल निर्माण गर्ने गरी प्रस्ताव गरेको हो।

२ अर्बको लगानी प्रतिबद्धतासँगै होटल उद्योग विभागमा दर्ता भएको छ।  १ सय २० बेडको तारे होटल निर्माण हुने छ। होटलमा २ सय ५० सिट क्षमताको रेष्टुरेन्टसमेत निर्माण हुने छ। होटलमा क्यासिनोसमेत सञ्चालन हुने छ। 

यसैगरी रुपन्देहीमा नै सञ्चालन हुने गरी २५ करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै एउटा क्यासिनोसमेत उद्योग विभागमा दर्ता भएको छ। २ लाख जनालाई क्यासिनो खेलाउने प्रस्तावसहित उद्योगमा दर्ता भएको हो।


प्रकाशित : आइतबार, साउन १३ २०८१०७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend