सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

सोमबार, पुस १९ २०७८
टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीकी नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन्।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया रोकिएको छ। प्रक्रिया रोकिएसँगै नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको निमित्त प्रबन्ध निर्देशको जिम्मेवारी दिएको जनाएको छ।

सचिवस्तरको निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी तोकिएको हो। उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिकअधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। उनले पुस १९ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी लिएकी छिन्। 


प्रकाशित : सोमबार, पुस १९ २०७८१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend