मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अब जिमेलबाट नै भ्वाइस र भिडियो कल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
अब जिमेलबाट नै भ्वाइस र भिडियो कल

जिमेलमा आफूसँग जोडिएका प्रयोगकर्तालाई भ्वाइस र भिडियो कल गर्न सकिने गरी गुृगलले नयाँ विशेषता थप गर्ने तयारी गरेको छ। जिमेल मोबाइल एपमार्फत प्रयोग गर्न सकिने यस्तो सुविधामा कार्यक्षेत्रमा लिन सकिने सुविधालाई ध्यान दिइएको गुगलले जनाएको छ। 

काठमाडौं- जिमेलमा आफूसँग जोडिएका प्रयोगकर्तालाई भ्वाइस र भिडियो कल गर्न सकिने गरी गुृगलले नयाँ विशेषता थप गर्ने तयारी गरेको छ। जिमेल मोबाइल एपमार्फत प्रयोग गर्न सकिने यस्तो सुविधामा कार्यक्षेत्रमा लिन सकिने सुविधालाई ध्यान दिइएको गुगलले जनाएको छ। 

जिमेलमा आफ्नो अरु विशेषताहरुमा पनि फेरबदल गर्ने भएको छ। जहाँ ईमेलका बाहेक पनि अरु सुविधाहरू हुनेछन्। नयाँ सुविधामार्फत जिमेलमा जोडिएको कन्ट्याक्ट्समा प्रयोगकर्ताले सिधै भ्वाइस र भिडियो कल गर्न सक्नेछन्। जुन जिमेल मिट मार्फत हुनेछ। यसको विशेषता गुगल मिटमार्फत नभइ जिमेल एपमार्फत नै कल गर्न सकिनेछ। 

गुगलले आफ्नो सुविधामा सुधार गर्दै लैजाने क्रममा नयाँ विशेषतामा काम गरिरहेको हो। कामका लागि प्रयोग हुने एप्लिकेसनमा नम्बर एकमा रहने गरी जिमेलमा भ्वाइस र भिडियो कलको सुविधामा काम भइरहेको गुगलले जनाएको छ। जसमा भिडियोकन्फेरेन्समा पनि ध्यान दिइनेछ। 

यसका लागि जिमेलमा च्याट, स्पेस र मिट शैलीमा काम हुनेछ। यसका साथै स्पेस र गुगल क्यालेन्डरमा पनि नयाँ विशेषता थप्ने गरी काम भइरहेको छ। 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०९:१६
  • सम्बन्धित विषय:

  • # जिमेल
  • # गुगल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend